काठमाडौं- पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । पीडितको बयानले पल शाहलाई रहत पुग्ने देखिन्छ तर तर यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ ।
केही साता अघिमात्र जिल्ला अदालत अछामले बलात्कारकै मुद्दामा पीडक भनिएका व्यक्तिलाई सफाइ दिँदै पीडित युवतीलाई साढे तीन वर्ष जेल सजाय तोकेको छ ।
हालै जारी भएको केही मुलुकी फौजदारी संहिताको अध्यादेशमा जबर्जस्ती करणी मुद्दाका जाहेरवालाले अदालती प्रक्रियामा बयान फेरेमा मूल कसुरको आधा सजाय हुने उल्लेख छ। अध्यादेश अनुसार यस्ता उजुरीकर्ता तथा बकपत्र गर्ने व्यक्तिलाई कसुरदारलाई हुने न्यूनतम सजायको आधा दण्ड हुनेछ । जाहेरी र अदालतमा बयानका क्रममा बोली फेर्ने क्रम बढेको भन्दै यस सम्बन्धी कानुन बनाउन माग भइरहेको थियो । अध्यादेशले दफा ४४ को खण्ड (क) पछि थप व्यवस्था गर्दै झुटा उजुरी तथा बकपत्र गर्नेलाई सजायको बाधा नपर्ने व्यवस्था गरिएकाे छ।
GIPHY App Key not set. Please check settings