काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्याइएको थियो। उपचारको क्रममा ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का बासिन्दा राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए।
GIPHY App Key not set. Please check settings