सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेका गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन।
अष्ट्रेलियामा आयोजना भएको सांकृतिक कार्यक्रमको सार्वजनिक भएको भिडियोमा पोख्रेलले दर्शकलाई माइकले हानेको हेर्न सकिन्छ । भिडियोमा सुगम पोख्रेलको हाउभाउ साधारण नभएको अनुमान गर्न सकिन्छ। सांगीतिक कार्यक्रमकोबिचमा दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्नका लागि आग्रह गरेको भिडियोमा देख्न सकिन्छ। छन् । सुगमले मौन धारण गर्न आग्रह गर्दा पनि दर्शकदिर्घामा भने हल्ला रोकिएको थिएन । हल्ला नरोकिएपछि आक्रोशित भएका सुगमले माइकले एक जना दर्शकलाई प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।
GIPHY App Key not set. Please check settings