१० चैत, काठमाडौं। पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोगमा पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । साथै अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ।
जबर्जस्ती करणीको अभियोगमा पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
GIPHY App Key not set. Please check settings