सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा मैत्रीपूर्ण खेल

बाइकर्स नेपाल र एन्ट फाउण्डेशनले  मनाङको हाई अल्टिच्युडमा मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेशनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउण्डेशनले सो कार्यक्रमको वारेमा जानकारी दिएको हो ।

तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ । उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुनेछ । यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुङ्जेमा अवस्थित फुटबल मैदानहरुमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings