काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ। । कान्तिपुर टेलिभिजनले बिहीबार सूचना जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ । गत असार २३ गते शनिबार प्रसारित अभिनेता पल शाहसँग लिएको अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कान्तिपुर टेलिभिजनले कार्यक्रम रोकेको जनाएको छ ।
सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द
GIPHY App Key not set. Please check settings