काठमाडौँ । बलात्कारको विषयलाई मजाक बनाएको भन्दै सन्दीपको चर्को आलोचना भएको छ। नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहसँग लिएको अन्तर्वातामा बलात्कारको विषयलाई मजाक बनाएको भन्दै सन्दीपको चर्को आलोचना भएको हो ।
पल शाहले कार्यक्रममा जेलपर्दाको लगायतको अनुभव सुनाउने क्रममा सन्दिप क्षेत्री भने त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए । आफ्नो टेलिभिजनमा प्रसारित कार्यक्रमको चर्को आलोचना भएपछी कान्तिपुर टेलिभिजनका संचालकले आवश्यक कार्वाही गर्ने अश्वासन दिएका छन।
GIPHY App Key not set. Please check settings