काठमाडौं– क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनले फेस्बुकमा गरेको प्रचार मा प्रियंका कार्कीको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई ब्यूरोमा बोलाएको छ। साथै आफूले क्रिप्टोकरेन्सीको कारोबार नगरेको बताएकी कार्कीको मोबाईल प्रहरीले नियन्त्रणमा लिएको छ । सोधपुछपछि सीआईबी)ले श्रीमान् आयुष्मान देशराज जोशीको जिम्मा–जमानीमा छाडेको छ । अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुनेगरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको हो।
प्रियंका कार्की माथि छानबिन सुरु , जमानीमा रिहा भइन्
GIPHY App Key not set. Please check settings