पल शाहविरुद्ध तेस्रो पटक म्याद थपिएको छ l गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ । जिल्ला अदालत, तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा छन् । यसै गरी पल शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको हो ।
GIPHY App Key not set. Please check settings