असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ ।
मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन् । केहि दिन अगाडी निर्माण कम्पनि बाबरी फिल्म्स र वितरण कम्पनि मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।
नेपाल रिलिजको १० दिनपछि अस्ट्रेलियामा ‘बाबरी’ प्रदर्शन हुनेछ । यस्तै तिहारको एक सातापछि नोभेम्बर ६ मा हङकङमा पनि सिनेमा रिलिज हुनेछ । हङकङ राइट्स यसअघि नै विक्री भैसकेको थियो ।
सुरेन्द्र पौडेल निर्देशित सिनेमामा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।
तीन सातामा १२ लाख बढी भ्युज बटुलिसकेको सिनेमाको ट्रेलरमा दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् । यी गीतले क्रमस… ५५ र ४३ लाख भ्युज पाइसकेका छन् ।
ट्रेलर, गीत र स्टारकास्टका कारण चर्चामा रहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण रहेको छ ।
सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।
GIPHY App Key not set. Please check settings