प्रदर्शनमा आए दुई नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’, मल्टिप्लेक्समा हिन्दि चलचित्र ‘लाइगर’संग भिड्दै

आज अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएको दुई नेपाली चलचित्र हो ‘प्रकाश’ र ‘राधा’ | दुवै चलचित्रले आफ्नो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएका थिए । तर, ‘प्रकाश’ र ‘राधा’ भने मारमा परेका छन् किनकी मल्टिप्लेक्समा हिन्दि चलचित्र ‘लाइगर’ले सुरुवाती शोमा दवदवा कायम गरेको छ।

दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’मा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायत कलाकारहरुको अभिनय रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रको आक्रामक प्रचार-प्रसार गरिएको थियो ।

त्यस्तै, सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’मा पनि नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेल लगायत कलाकारहरुको अभिनय रहेको छ । यस चलचित्रले पनि ‘प्रकाश’झैं मल्टीप्लेक्सहरुमा लाइगर’का कारण सुखद् शो पाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings