अनमोल रिहा

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले हाजिरी जमानीमा आइतबार राति रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो ।  अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार उनलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निमात्री सुप्रिया कटुवालले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा प्रहरीले उनलाई शुक्रबार बेलुका आपराधिक विश्वासघातको मुद्धामापक्राउ गरेको थियो । प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings