नेपाल स्काउटद्वारा वृहत पदयात्रा आयोजना

हेटौँडा: नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट क्रूयुले बागमती प्रदेशको राजधानी हेटौँडामा हाईक तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम आयोजना गरेको छ । सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संचालक अनिल आचार्यले जानकारी दिए। हाइक सँगै स्काउटर प्रशिक्षक अशोक सारु मगरद्वारा प्रतिज्ञा गराउँदै ४ सय ५० जनालाई सामुहिक दिक्षान्त गरिएको छ ।

गैरसरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठकको सभाध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशिष्ट अतिथ्य रहेको थियो ।  हेटौडाभित्रका विद्यालयका ६ सय जना भन्दा बढी विद्यार्थी उक्त कार्यक्रममा सहभागी जनाएको छ । नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नं ११ अध्यक्ष जुना दाहाल लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings