पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्।

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले हिजो सामाजिक सञ्जालमार्फत महानगरपालिकामा भारतीय फिल्ममा रोक लगाएका थिए।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले हल सञ्चालकलाई फिल्म नचलाउन निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings