३२ जेठ,काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेको आरोपमा आठ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), एलिश राई, राजु पौडेल, पवन खतिवडा, ज्वलन घर्तीमगर, वेगम नेपाली , गणेश देवकोटा, र सरोज घिमिरे रहेका छन् ।
बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ
GIPHY App Key not set. Please check settings