कलाकार संघको अध्यक्षमा मोहन निरौला बिजयी

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । मोहनले अर्का उम्मीदवार रेजिना उप्रेतीलाई २६ मतान्तरले  हराएका  हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए भने रेजिनाले २०९ मत ल्याइन् |

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् ।

त्यस्तै, महासचिव पदमा सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी विजयी भएका छन् ।

कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएकी छिन । सह–कोषाध्यक्षमा भने पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

सदस्यहरूमा सदस्यमा शितल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई,  समीर लामा, खुश्बु खड्का, सरिता राधोपाध्याय र रोशन श्रेष्ठ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings