नेपाली चलचित्र ‘महापुरूष’बाट अन्जना बराइलीले डेब्यु गर्दैछिन्। हास्यकलाकार जोडी “मह” को मुख्य भूमिका रहने उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठको छोरी प्रतिष्ठाको भूमिकामा देखिदै छिन्। यसै फिल्मबाट अन्जनासँगै अरुण क्षेत्री पनि डेब्यु गर्दैछन्।
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म आगामी कार्तिक ११ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्ममा मदनकृष्ण, हरिवंश, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, पण्डित प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।
GIPHY App Key not set. Please check settings