असोज २८ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत रिलिज गरिएको छ ।
वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग छुट्टिनुको पिडा बोल्ने गीतको शब्द एकतारे र साकार पन्तले लेखेका हुन् ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु बीचको पिडा देखाइएको छ ।
साकार पन्तको निर्देशकीय डेब्यु सिनेमामा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्य देव पन्त, साकार पन्त, रीमा विश्वकर्मा, स्व. जयनन्द लामा, रमेश अधिकारी जेविका कार्की, लक्ष्मी भुषाललगायतका कलाकारहरुको अभिनय छ ।
रवि सायमीले खिचेको सिनेमामा दीपक शर्मा/हर्कुलस बस्नेतको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विनय कंसाकारको सम्पादन छ ।
पन्त फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता प्रतिभा पन्त हुन् । सन्तोष पन्त र साकार पन्त निर्माता रहेको सिनेमामा बैकुण्ठप्रसाद उपाध्याय र सचित कुमार मिश्रको सहनिर्माण छ ।
सिनेमा कोरोनाका कारण समय मै रिलिज हुन् पाएको थिएन । सिनेमामा समावेश ‘माया जदौ’ बोलको गीत यसअघि नै हिट भैसकेको छ । उक्त गीतलाई २ करोड ५८ लाख बढी भ्युज प्राप्त भएको छ ।
GIPHY App Key not set. Please check settings