तनहुँमा अनुसन्धान अन्तिम चरणमा, पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी

काठमाडौं– नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

साथै सरकारी वकिल कार्यालय नवलपरासीले बुधबार जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरिएको छ।

फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार मञ्जुरी लिएर १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबरजस्ती करणी गरेको ठहर हुने उल्लेख छ। पूर्णविक्रम शाह (पल शाह)माथि यस्तो कसूर गरेको ठहर भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुनसक्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings